English

नेपाल युएईसँग पराजित



चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो ।

एक सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । ३३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४१ रन जोडेका हुन् ।

त्यस्तै लोकेश बमले २१ बलमा ३३ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । आसिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउँदा दुई चौका र एक छक्का हिर्काए । आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे ।

युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई-दुई विकेट लिए भने जुनैद सिद्धिकीले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन जोड्यो । युएईका लागि चिराग सुरीले अविजित सर्वाधिक ८४ रनको योगदान गरे ।

उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले पाँच चौका र दुई छक्का हिर्काए । त्यस्तै मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक-एक विकेट लिए । नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले चार देश सम्मिलित टी ट्वान्टी सिरिजमा अन्तिम खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

यो पनि
दोस्रो जितको खोजिमा नेपाली टिम
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested