English

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० योजना छनोट



लमजुङको मर्स्याङदी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० वटा योजना छनोट गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागत रूपमा सुरु भइसकेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९ वटै वडामा गरी ६० वटा योजना छनोट गरेको हो ।

छनोट भएका योजनामा गोरेटो बाटो मर्मत तथा निर्माण, सिंढी बाटो निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली निर्माण, आन्तरिक बाटो निर्माण, सिंचाइ कुलो निर्माण, खेलमैदान, तटबन्धन, सामुदायिक भवन साझेदारी लगायतका रहेका छन् ।

रोजगार संयोजकका अनुसार हाल अधिकाशं वडामा योजनाहरूको काम चलिरहेको छ भने तन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई २ करोड ५५ लाख रकम बजेट विनियोजन भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested