English

कक्षा १२ को परीक्षा जेठभित्रै गर्ने बोर्डको तयारी



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शैक्षिक क्यालेन्डरलाई प्रभावित नपार्ने गरी कक्षा १२ को परीक्षा जेठ महिनाभित्रै सक्ने तयारी भइरहेको जानकारी दिए ।

कोभिड–१९ को महामारीका कारण दुई वर्षयता कक्षा १२ को परीक्षा प्रभावित बन्दै आएको छ । ‘अब पनि शैक्षिक क्यालेन्डरलाई पछ्याएनौँ भने विद्यार्थीको भविष्य अन्योलमा पर्छ,’ उनले भने, ‘हामी शैक्षिक क्यालेन्डर नबिग्रने गरी परीक्षाको तयारी गरिरहेका छौँ ।’

त्यसो त बोर्डले कक्षा १२ को परीक्षातालिका केही दिनमै सार्वजनिक गर्ने डा. शर्माले जानकारी दिए । ‘स्थानीय निर्वाचनले परीक्षालाई केही प्रभावित बनाउन सक्छ,’ उनले भने, ‘हामी त्यसलाई मध्यनजर गर्दै परीक्षातालिका तयार गर्छौं ।’

कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले नै गर्नेछ ।

बोर्डले आज (बिहीबार) वैशाख ९ गतेबाट हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यो पनि
त्रिविको स्थगित परीक्षा फागुनमा हुने
त्रिविकाे ४७औँ दीक्षान्त समाराेह (फाेटाे फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested