English

दुई दशकपछि ल्याए जयनन्द लामाले नयाँ लोकगीत



लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत ‘महाभार लेकको जंगलमा याला’ दर्शकमाझ ल्याएका छन् । उनले आफ्नै युट्यबमाफत गीत सार्वजनिक गरेका हुन् ।

गायक लामाकै शब्द र संगीत रहेको लोकगीतमा दीपा लामा, बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशीकला मोक्तान र अञ्जु थोकरको पनि स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको छ ।

ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ । इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याममाया गुरुङ, सकु तामाङ फिचर्ड छन् ।

‘यो पहाडी र हिमाली शृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’, जयनन्दले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’

सेवा फिल्म्स्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन् । गायक लामाले आफूले झन्डै ४० वर्षअघि संकलन गरेको गीत गाएको बताए । ‘यो पहाडी र हिमाली शृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’, जयनन्दले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’

पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामाले लोकगीत, दोहोरीगीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् । गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा व्यस्त छन् ।

यो पनि…
प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?
दोहोरीले धानेको नेपाली लोक संगीत (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested