English

जापानमा बारम्बार भूकम्प जानुको नयाँ रहस्य पत्ता लाग्यो



जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महशुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरूका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला थुप्रो हुन सक्छन् ।

वैज्ञानिकहरूले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठूला भूकम्पबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरूमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको थ्रीडी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरूको भनाइ छ ।

‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यवाणी गर्न सकिँदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउँदा हामी निकट भविष्यका प्रक्रियाहरू अनुमान शुरु गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भू-भौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाइलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उद्धृत गरेको छ ।

कुमानो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरूले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरू समावेश गरिएको थियो ।

अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन् ।

यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तिमा २६ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested