English

करिश्माको होली उत्सव (फोटो-भिडियो)



अभिनेत्री करिश्मा मानन्धरको घरमा फागु पूर्णिमाको दिन हरेक वर्ष रमझम हुन्छ । कलाकारदेखि गैर कलाकारसम्मको ठुलो भिडभाड लाग्छ । यस वर्ष पनि मानन्धरले घरमा नजिकका आफन्त तथा साथीभाईहरुलाई बोलाएर होली पर्व मनाइन् ।

आजै करिश्माका श्रीमान् तथा चलचित्र निर्माता विनोद मानन्धरको जन्मदिन पनि हो । त्यसैले पनि हरेक वर्ष होलीको दिनलाई उनीहरूले विशेष बनाउँदै आएका हुन् । तर, विगतमा जस्तो यो वर्ष भने धेरै कलाकारलाई निमन्त्रणा गरिएको देखिएन ।

परार साल एसइई परीक्षा र गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाएको होलीलाई यसपालि पनि सीमित व्यक्तिहरू बोलाएर मनाएको अभिनेत्री मानन्धर बताउँछिन् । उनी भन्छिन्, ‘यसपालि पनि सबै साथीभाईहरुलाई बोलाउन पाइनँ । तर, परम्परा मान्नका लागि भए पनि हरेक वर्ष होली मनाउँछु । अर्को वर्ष अझै उल्लासमय हुन्छ ।’

होली कार्यक्रममा भुवन केसी, जिया केसी, आकाश अधिकारी, रमेश उप्रेती, सञ्चिता लुइँटेल, निरुता सिंह, क्षितिजा शाक्य, सम्झना उप्रेती रौनियार, सुनिता दुलाल, गोविन्द राई लगायतका कलाकारको उपस्थित रहेको थियो ।

तस्विरहरूः महेश प्रधान

तस्बिर : महेश प्रधान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested