मुखको क्यान्सर : कारण, लक्षण र रोकथाम
क्यान्सर एक गम्भीर प्रकृतिको रोग हो । जुनसुकै क्यान्सर लागेपनि धन र शरीर दुवैको क्षति हुन्छ । तर, क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने आत्तिनु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्श लिनुपर्छ ।
मानव शरीरमा स्तन क्यान्सर, ब्लड क्यान्सर, स्कीन क्यान्सर हुनसक्छ । जसमध्ये मुखको क्यान्सर पनि एक हो । मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दागले क्यान्सर निम्त्याउन सक्छन् । यसलाई सजिलैसँग निदान गर्न सकिन्छ ।
मुखको क्यान्सरको कुनै यही नै लक्षण हुन्छ भनेर भन्न नसकिने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुखको क्यान्सरका कारण, लक्षण र रोकथामका लागि जानकारी गराएको छ ।
लक्षण
–मुखमा दाग, धब्बा वा पत्र देखिनु
–स्वाद फरक पाउनु
–घाँटीमा गिर्खाहरू देखा पर्नु
–नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु
–अस्वभाविक रक्तस्राव हुनु
–मसलादार खाना खाँदा पोल्नु
–खान, निल्न, पिउन अप्ठ्यारो हुनु
–घाउ, खटिराको आकार बढ्दै जानु
–र्याल बढी आउनु
कारण
सुर्तिजन्य पदार्थ
–क्यान्सर बढाउने हजारौं रसायन र ४५ तत्त्व
मद्यपान
–रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी
पोषणको कमी
–आइरन, भिटामिन ए, ई र सी को कमी
मुखको समस्या
–दाँतको समस्या
–फोहोर मुख
संक्रमण
विभिन्न भाइरल, ब्याक्टेरियल र फंगल संक्रमण
सूर्यको प्रकाश
अल्ट्राभाइलेट विकिरण र एक्सरे
रोकथामका उपाय
–सुर्तीजन्य पदार्थको सेवन नगर्ने
– मद्यपान नगर्ने
–संक्रमणको उपचार गर्ने
–दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने
–राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने
–दाँतको समस्याको बेलैमा उपचार गर्ने
–सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने
–अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने ।
यो पनि









Kristie
References: Lollybet Casino Auszahlungsdauer ok.ru