English

इन्स्टग्राममा रोनाल्डोको सबैभन्दा बढी फलोअर्स, दोस्रो र तेस्रो स्थानमा को ?



स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् ।

पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् ।

सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले सन् २००२(०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म १८४ अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

यो पनि…
रोनाल्डो पेनाल्टीमा चुके
फुटबलमा ‘ट्रस्ट द प्रोसेस’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested