English

रुसलाई विन्टर ओलम्पिकमा पहिलो स्वर्ण



अलेक्जेन्डर बोल्सुनोभले आइतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी (आरओसी) ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।

रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जिते ।

हालसम्म १३ देशले पदक जित्दा ७ देशले स्वर्ण पदक हात पारेका छन् । दुई स्वर्ण जितेको नर्वे शीर्ष स्थानमा छ । रुससँगै स्लोभेनिया, चीन, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्विडेनले एक-एक स्वर्ण पदक जितेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested