English

हिमपातले कृषि क्षेत्रलाई राहत



कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो ।

हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन् ।

पातारासीका स्याउ किसान ताराबहादुर बोहराले हिमपातले कर्णालीको हिउँदे बालीलाई निकै फाइदा पुगाउने बताएका छन् । ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भने ।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ । विशेष गरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउँमा आश्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुने भएका छन् ।

कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाइका लागि टेवा पुग्ने बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested