English

महिलालाई आकर्षित गर्ने पुरुषका यी गुण



माया गर्नेहरूका लागि प्रेम दिवस नजिकिँदै छ । वास्तवमा पुरुषको के कुराले महिलालाई आकर्षक तुल्याउँछ । मुस्कान चरित्र, ड्रेसिङ लुक अथवा शारीरिक बनावट ? वास्तवमा महिलालाई आकर्षित पार्न पुरुषमा हुनुपर्ने गुणको विषय जति जटिल छ उत्तिकै रोचक पनि छ । धेरै अध्ययनहरूले यसमा निष्कर्ष निकालेका छन् ।

स्वस्थ र सुन्दर

पुरुष फेसेनेबल हुन स्वस्थ र सुन्दर हुन आवश्यक छ । यसका लागि जिम, योग र सरसफाइमा ध्यान दिन जरूरी हुन्छ । बेलायती जर्नल ‘बायोलोजी लेटर्स’ मा प्रकाशित एक अध्ययनका अनुसार झट्ट हेर्दा आकर्षक देखिने पुरुषलाई महिलाका पहिलो नजर पर्छ ।

बौद्धिक

शिक्षित, बौद्धिक तथा टेक्नोलोजीमा निपूर्ण पुरुषहरू महिलाको नजरमा पर्छन् । तीन हजार महिलामा गरिएको एक अध्ययनका अनुसार ७५ प्रतिशत महिलाले टेक्नोलोजी रुची राख्छन् । महिला जिममा धेरै समय बिताउने पुरुषभन्दा बौद्धिक क्षमता भएका पुरुषलाई महिलाले बढी महत्व दिन्छन् ।

रमाइलो गर्ने पुरुष

अधिकांश महिला मजाक गर्ने तथा ठट्यौली स्वभाव भएका पुरुषलाई मन पराउँछन् । राम्रो ‘सेन्स अफ ह्युमर’ भएका पुरुषले कुनै पनि सम्बन्धमा नयाँ पन ल्याउन सक्छन् । मस्तीका साथ जिन्दगी जिउने पुरुष सधैं खुसी रहन्छन् र जिन्दगीको हरेक मोडमा आशावादी रहन्छन् ।

आवाजको तीव्रता

‘पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफ्रेन्सेज’ जर्नलमा प्रकाशित एक शोधलाई मान्ने हो भने हाम्रो आवाजको तीव्रता र विपरीत लिङ्गप्रतिको आकर्षणबीच सम्बन्ध रहन्छ । आवाजको ध्वनीले महिलामा पुरुषप्रति सोच निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

नृत्यमा पोख्त पुरुष

राम्रो नाच्न सक्ने पुरुष महिलालाई धेरै मन पर्छन् । अनुसन्धानका अनुसार यो कुराको वास्तविकता पत्ता लागेको हो । यो सोधमा डान्स स्टेपमाथि वैज्ञानिक तरिकाले पहिलोपटक अनुसन्धान गरिएको थियो । जसबाट पत्ता लाग्यो कि पुरुषको नृत्यमा कैयौं यस्तो कुरा हुन्छ, जसले महिलालाई लोभ्याउँछ ।

आत्मविश्वासी

महिला मात्रै हैन पुरुषहरू पनि आत्मविश्वासले भरिएका व्यक्तिप्रति आकर्षित हुन्छन् । यो मानिसको एक मात्र यस्तो विशेषता जो जसले कसैको पनि ध्यान खिच्न सक्छ । आत्मविश्वासले तपाईंको सकारात्मक कुरालाई सबैका सामु ल्याउँछ । यसकारण महिला आत्मविश्वासी पुरुषप्रति आकर्षित हुन्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested