बजार अनुगमन गर्दा के-के भेटियो ?
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको नेतृत्वमा बुधबार गएको अनुगमन टोलीले बरामद गरेको ६० हजार रूपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार जिल्ला सदरमुकामदेखि टाढा रहेका बजारमा अखाध्य वस्तु बिक्री भइरहेको गुनासो आएपछि अनुगमन गरिएको हो। सो क्रममा पसलहरूमा म्याद सकिएका समानहरू फेला परेका हुन्।
अनुगमन टोलीले जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलबाट म्याद सकिएका सामान बरामदपछि नष्ट गरेको हो।
कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी राजमार्गमा पर्ने गोटीज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य वस्तु तथा सामान ठुलो मात्रामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताइन्।
उनले भनिन्, ‘व्यवसायीले तीन वर्षदेखि म्याद नाघेका खुद्रा सामग्रीहरू बेचिरहेका रहेछन्। उनल उपभोतालाई पनि सचेत हुन आग्रह गरेका छन् । अनुगमन टोलीले गोटिज्यूला बजारका खुद्रा पसलबाट म्याद नाघेका चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थलगायत बरादम गरी नष्ट गरेको हो ।
‘चाउचाउ मात्रै ५८ कार्टुन नष्ट गरिएको छ।’ खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले भने। उनका अनुसार बालबालिकाले प्रयोग गर्ने मिठाई समेत म्याद नाघेका फेला परेका छन्।









mardin medyum Güvenilir mardin medyum olarak, aşk hayatınızı, iş problemlerinizi ve sağlık konularınızı çözüme kavuşturuyoruz.
mardin medyum Güvenilir mardin medyum olarak, aşk hayatınızı, iş problemlerinizi ve sağlık konularınızı çözüme kavuşturuyoruz.