नेपालमा फेरि बर्डफ्लू संक्रमण पुष्टि
नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ। मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा-५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो। कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ। कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो।
विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएको छ। ‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा काभ्रेका एक युवकको मृत्यु भएको थियो।










hghjfjdoss_xtEi
Discover the amazing features of hghjfjdossa and elevate your experience today. Exploring hghjfjdossa reveals a captivating and intricate theme.