English

सकारात्मक ऊर्जाका लागि यी बिरुवाले सजाउनुहोस् घर



हिजोआज प्रायः घरमा विभिन्न रोपिएका हुन्छन् । बाबरी, एलोभेरा र तुलसी ले घर सजाउँदा घरको निराशापन हट्ने गर्छ । यसले घरमा हरियाली छाउनुको साथै जीवनमा नयाँ ऊर्जा ल्याउँछ । स्पाइडर प्लान्ट, एलोभेरा र तुलसी, बाबरीजस्ता हरियो बिरुवाले घर सजाउँदा यस्ता धेरै फाइदाहरू हुन्छन् ।

शुद्ध हावा

जब तपाईंले घरमा हरियो बिरुवा रोप्नुहुन्छ । तपाईंले शुद्ध हावा प्राप्त गर्नुहुन्छ । अझ, स्पाइडर प्लान्ट, एलोभेरा र तुलसीजस्ता बिरुवाहरूले घरको हावा शुद्ध बनाउँछ, जसले तपाईंलाई स्वस्थ र निरोगी बनाउँछ ।

औषधिको रूपमा प्रयोग

हरियो बिरुवाले घरको सौन्दर्य बढाउने कुरा त छँदैछ । तर, लगभग ९० प्रतिशत इनडोर बिरुवाहरूमा औषधीय गुुणसमेत हुन्छन् । यी बिरुवाले सुगन्ध मात्र नभई रुघाखोकी, ज्वरो जस्ता सामान्य रोगका पनि फाइदा गर्छ । दैनिक तुलसीका पात चपाएर स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बच्न सकिन्छ । यस्तै, एलोभेरा छालाको लागि यो वरदानजस्तै हो ।

घरको सौन्दर्य

घरको सौन्दर्यता बढाउन तपाईंहरूले यसलाई, बैठक कोठा, ढोका र झयालको नजिक झुण्ड्याएर राख्न सक्नुहुन्छ । भित्री बिरुवाले आँखालाई आराम दिन्छ । यस्ता बिरुवाहरूले घर आकर्षक देखिन्छ । यसले घरको सुन्दरता पनि थप्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र