English

मैत्रीपूर्ण खेल : रणनीति बनाउँदै नेपाल, निर्धक्क मौरिसस



नेपाल र मौरिसस त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा उत्रँदै गर्दा नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्नेछ। खेल साँझ पौने ५ बजे सुरुहुनेछ। अफ्रिकन राष्ट्रविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ। दोस्रो खेल मंगलबार हुनेछ।

नेपाल कात्तिक यता पहिलो पटक मैदानमा उत्रँदा मौरिसस भने करिब साढे अढाई वर्षपछि मैदान उत्रँदै छ। टोलीले जम्मा ४५ दिन अभ्यास गरेर नेपालविरुद्ध मैदान उत्रन लागेका हो। यता, नेपाल २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो र फाइनलमा भारतसँग पराजित भएपछि पहिलो पटक मैदान उत्रँदै छ।

एक अर्काविरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीको योजना जित हुनेछ। दुवै एक अर्काविरुद्ध अपरिचित समेत छन्। नेपाल घरेलु मैदानमा उच्च मनोबलसहित दुवै खेल जित्ने योजनामा छ।

मौरिससको २३ सदस्यीय टोली नेपाल झरेको छ भने नेपालले दुई खेलका लागि दुई फरक टोली तयार पारेको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो पटक नौ खेलाडीलाई टोलीमा समावेश गर्दै ३४ खेलाडीनै दुई टोलीमा बाढेका हुन्। १२ खेलाडीले भने दुवै टोलीमा स्थान बनाएका छन्।

मौरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोईसले पहिलो पटक नेपालसँग खेल्न लागेको प्रतिक्रिया दिँदै आफूहरूले अढाई वर्षपछि मैदान उत्रन लागेको बताए । ‘हामी पहिलोपटक यहाँ आएका हौं। नेपाल धेरै राम्रो टिम हो भन्ने हामीलाई थाहा छ,’ उनले भने, ‘हाम्रो राष्ट्रिय टोलीले नखेलेको अढाई वर्ष भयो। डिसेम्बरमा ट्रेनिङ सुरु गरेका हौं। ४५ दिनमात्र अभ्यास गरेका छौं।’

यस्तै प्रशिक्षक टोनीले नेपालविरुद्ध आफूहरूलाई खेल्न सजिलो नहुने र राम्रो प्रतिस्पर्धा दिने बताए। ‘हामीलाई नेपालविरुद्ध खेल्न सजिलो हुने छैन। आशा छ, हामीले राम्रो प्रतिस्पर्धा गर्नेछौं,’ टोनीले भने।

यता, मौरिससका कप्तान केभिन ओब्राइनले नेपाल राम्रो टोली रहेको र आफूले राम्रो प्रतिस्पर्धा दिने बताए। ‘नेपाल राम्रो टिम हो। हामी जित्नको लागि खेल्छौं,’ उनले भने।

यता, नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उपस्थित भएनन्। उनको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण कुमार लिम्बू ‘चेम्जोङ’ उपस्थित भए। प्रशिक्षक किरणले नेपाल मैत्रीपूर्ण खेलका लागि तयार भएको र अघिल्ला गल्ती सुधार गर्दै खेल्ने बताए।

‘पहिलो खेलका लागि हामीले सबै तयारी गरेका छौं। पहिला गरेको गल्तीलाई सुधार गरेर राम्रो प्रदर्शन गर्ने आस गरेका छौं,’ पोखरा निवासी श्रेष्ठले भने।
यस्तै उनले मौसिससँगको खेल एसियन कप छनोटको तयारीको लागि हेरिएको र यस टोलीबाट नयाँ खेलाडी निस्किए राष्ट्रिय टोली झनै बलियो हुने विश्वास व्यक्त गरे।

‘३४ जनाको टिम बनाएको छ। एसियन कपको छनोटको तयारीको लागि मौरिससविरुद्धको खेललाई लिएका छौं। नयाँ खेलाडीहरू निस्कियो भने राष्ट्रिय टिम अझ बलियो हुन्छ भन्ने लागेको छ,’ श्रेष्ठले भने।

यस्तै उनले वरियताको हिसाबले मौरिसस नेपालकै स्तरको भएको र उनीहरू शारीरिक रूपमा भने नेपाल भन्दा बलियो हुन सक्ने बताए। हाल नेपाल फिफा वरियतामा १६९ स्थानमा छ भने मौरिसस १७२ स्थानमा छ।

यता, नेपाली टोलीका कप्तान किरण इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको र फरक अनुभव हुने बताउँछन्। ‘इतिहासमै पहिलोपटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं। फरक अनुभव हुनेछ,’ २३ वर्षीय किरणले भने।

किरणले आफू दुई दिनमात्रै टोलीको प्रशिक्षणमा सहभागी भएको र लिगका कारण खेलाडी शारीरिक तथा मानसिक रूपमा तयार रहेको बताए। किरण माल्दिभ्समा माजिया एससीबाट खेल्दै गर्दा नेपाल आएका हुन्।

‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु। सबैले लिग खेलिरहेका छन्। त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ नेपालका लागि सर्वाधिक ७९ क्याप जितेका किरणले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested