English

कागती पानी पिउनुका फाइदा



तपाईं कागती पानी पिउनु हुन्छ भने त्यो बानी राम्रो हो। कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्यलाभ पाउँछन्। कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ। शरीरमा स्फूर्ति पनि बढ्छ।

-हरेक दिन विहान कागती पानी सेवन गरेमा यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

-कागती पानीको सेवनले रक्तसञ्चारसँग जोडिएका समस्यामा लाभ पुग्दछ।

-आँखाको समस्याबाट बच्न पनि कागती पानीले लाभ पुर्‍याउँछ।

-मधुमेह रोगीका लागिसमेत कागती पानीले फाइदा गर्छ।

-खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ।

-रुघाखोकीको उपचारमा कागती पानीको सेवन उपयोगी हुन्छ।

-मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ।

– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ।

–एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई पनि स्वस्थ राख्छ।

–कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ।

–हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन। एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested