English

बाइडेनले भने- पुटिनमाथि नै प्रतिबन्ध लगाउन सकिने छ



अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन्।

रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन्। रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरूले चेतावनी दिइरहेका बेला बाइडेनको भनाइ सार्वजनिक भएको हो।

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरूले तनाब बढाएको रसियाले आरोप लगाएको छ। त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाइ छ। तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरू खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ।

अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्रतिबन्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा बाइडेनले भने, ‘हो, यसबारे मैलै सोचिरहेको छ।’
युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रूपमा डरलाग्दो परिणाम हुने बाइडेनको भनाई थियो। पूर्वी युरोपमा नेटो फौजको उपस्थिति तीव्र पार्न आफू बाध्य हुने पनि बाइडेनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested