English

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानी मात्रै



लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ। दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो।

दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट-क्रेडिट, मास्टर कार्ड डेबिट-क्रेडिट, सबै मेस्ट्रो कार्ड) मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ।

दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै गर्दै आइरहेको थियो। कार्ड पेमेन्ट स्वीकार नगर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आएका कारण कार्ड भुक्तानी लागू गर्न थालिएको कार्यवाहक राजदूत रोशन खनालले बताए।

बेलायतमा लागभग सबै आर्थिक कारोबार कार्डमार्फत नै हुने र काम छिटो पनि हुने हुँदा यो नयाँ व्यवस्था सञ्चालनमा ल्याउन लागेको दूतावासले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested