English

हुम्लामा तीन फिटसम्म हिमपात, चिसोले जनजीवन कष्टकर



हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ ।

हिमपातसँगै यहाँको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेको छ । चिसोले वृद्धवृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाइ बनाएको छ । हुम्लामा याे वर्ष हालसम्म चाैथाेपटक हिमपात भएकाे हाे ।

उत्तरी हुम्लाको जनजीवन थप कष्टकर

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । यस क्षेत्रमा बाक्लो हिमपात भएको हुँदा यहाँको जनजीवन कष्टकर बनाएको हाे ।
हिमपातले पशुचौपायलाई चराउन थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घर छन् । यहाँ चिसो अत्यधिक हुन्छ । चौरी, जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन् ।

सिमकोटमा एसइई ट्युसन पढ्ने विद्यार्थी थप सकसमा

सदरमुकाम सिमकोटमा एसईईको तयारीका लागि हिउँदे ट्युसन पढ्दै आएका विद्यार्थी चिसोले थप मारमा परेका छन् ।

बिहानी ट्युसन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको हाे । हिउँदमा विद्यालय बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीले ट्युसन पढ्दै आएका छन् ।

यो पनि

गरिबीले थलिएको मुसहर बस्तीमा शीतलहरको पीडा
यी स्थानमा वर्षा र हिमपातको सम्भावना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested