English

संघ र प्रदेशमा योजना माग गर्ने सत्ता गठबन्धनको निर्णय



खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सत्ता गठबन्धनले संघीय र प्रदेश सरकार समक्ष विकासे योजना माग गर्ने निर्णय गरेको छ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको याङसोलाटारमा बसेको बैठकले गाउँपालिकामा भएका भौतिक विकासको समग्र विषय अध्यन गर्ने गर्दै संघीय सरकार र प्रदेश सरकार समक्ष विभिन्न योजना माग गर्ने निर्णय गरेको हो।

बैठकले सडक, खानेपानी, सिँचाई, पर्यटन, सहरीकरण, खेलमैदान लगायतका योजना माग गर्ने निर्णय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए।

कांग्रेस पालिका सभापति गिरीको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष राजेन्द्र राई, नेकपा एकीकृत समाजबादीका पालिका कमिटि अध्यक्ष शेरबहादुर थापा, जनता समाजबादी पार्टीका पालिका अध्यक्ष पृर्थिकुमार राई लगायतको उपस्थिति रहेको थियो।

बैठकमा कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष नरेशराज राई, जिल्ला सदस्य ओमिराज राई, पेशल गुरागाई, पालिका उपसभापति भिमबहादुर राउत, नेकपा माओवादी केन्द्रका पालिका कमिटि उपाध्यक्ष किशान राई, सचिव दिपक पौडेल लगायत आमन्त्रित थिए। आगामी बैठक चक्रिया प्रणालीमा सञ्चालन हुने सत्ता साझेदार दलले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

Latest










Popular
Suggested