English

नेपालमा कोरोना संक्रमण र खोपको अवस्था



कोरोना भाइरस संक्रमणको असर नेपालमा देखिन थालेको छ। हप्ता दिनयता नेपालमा संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेको छ।

मंगलबार २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी बुधबार ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको थियो। २३ हजार ४०९ नमुना परीक्षण गरिएको थियो।

बिहीबार २७ हजार ४९७ जनाको नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो। शुक्रबार (७ गते) देशभर १० हजार ७०३ जना संक्रमित भए।

यसरी हेर्दा सरकारले कोरोना परीक्षणको दायरा बढाउने हो भने संक्रमित अझै बढ्छन्। परीक्षण कम हुँदा पनि नेपालमा देखिएको भाइरस संक्रमितको संख्या चिन्ताजनक हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले गत बुधबारको प्रेस व्रिफिङमा अहिलेको बढ्दो संक्रमणबाट जोगिन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड कडाइ पूर्वक पालना गर्नुपर्ने देखिएको बताएकी थिइन्।

परीक्षण बढाएमा संक्रमितको संख्या बढी हुने स्वास्थ्यविज्ञहरूले बताउँदै आएका छन्। देशभर देखिएको संक्रमित संख्यामध्ये काठमाडौंमा आधाभन्दा बढी छन्। सरकारले कोरोना फैलिन नदिन काठमाडौंमा कडाइ भने गरेको छ।

खोपको अवस्था

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.मिश्राले सरकारले १२ वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई कोभिडवरिुद्धको खोप निःशुल्क उपलब्ध गराएको बताइन्। खोपमा सबैको पहुँच सुनिश्चित गर्न खोप केन्द्रहरू विस्तार गरिएको छ।

कोभिड-१९ विरूद्धको खोपले गम्भीर स्वास्थ्य जटिलता हुनबाट जोगाउँछ। जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह पनि गर्दैछ। त्यसैले तोकिएका उमेर समूहका सबैले नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउन उनी सुझाउँछिन्।

सरकारले अहिलेसम्म कूल जनसंख्याको १८ वर्ष माथिकालाई पहिलो मात्रा र ५८ प्रतिशतलाई खोप प्रदान गरिसकेको छ। कूल जनसंख्यामा ५७ प्रतिशतलाई पहिलो मात्रा र ३८ प्रतिशतलाई दोस्रो मात्रा प्रदान गरिसकेको छ।

१८ वर्ष माथिका लक्षित समूहमा पहिलो हप्ताको तुलनामा यस हप्ता खोपको पहिलो मात्रा लगाउनेको संख्यामा २ प्रतिशतले वृद्धि भएको छ भने दोस्रो वा पूर्ण मात्रा लगाउनेको संख्यामा ४ प्रतिशतले वृद्धि भएको छ।

खोप लगाउने कार्यलाई द्रूत बनाउन खोप केन्द्र थप्ने, सरोकारवालाहरूसँग समन्वयन र सहकार्य गर्दै स्थलगत आवश्यक अनुसार खोप कार्यक्रालाई तीव्रता दिनुपर्ने देखिएको छ।

काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्षमुनिका बालबालिकाहरूलाई यहि पुस २६ र २७ गतेदेखि मोर्डना र फाइजर खोप अभियान सञ्चालनमा ल्याइएको छ। खोपको पुरामात्रा लगाएपछि मात्र खोप पूर्णरूपले प्रभावकारी हुने डा.मिश्राले बताइन्।

बुस्टर डोज लगाउनका लागि तोकिएका सबैमा पहिले जुन खोप लगाएको हो सोही प्रकृतिको खोप अर्थात् पहिले भेरोसेल लगाएकाहरूले बुस्टर डोज भेरोसेल, कोभिसिल्ड लगाएकाहरूले बुस्टर डोज कोभिसिल्ड लगाउनु पर्ने हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested