English

आर्मी र सुदूरपश्चिम फाइनलमा



नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३-० गोलले पराजित गर्‍यो। आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे। सीता ‘वुमन अफ द म्याच’ घोषित भइन्।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २-० गोलले हरायो। लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे।

फाइनल शनिबार हुने छ। शनिबारै गण्डकी र मधेस पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested