English

साग बेचेर पढाइ खर्च जुटाउँदै विद्यार्थी



मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । र पनि जसोतसो जीवन गुजारेका छन् ।

एक छाक टार्न दिनभरि परिश्रम गरे पनि अपुग हुने मजदुर नानीकला नेपाली गुनासो गर्छिन् । मजदुरलाई मात्र होइन बालबालिकालाई अध्ययनका लागि किताब, कलम र कापीको जोहो गर्न पनि उत्तिकै सकस छ ।

छायानाथ रारा नगरपालिका–५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सविता कार्की आफ्नो पढाई खर्च जुटाउन बिहान र बेलुका सदरमुकाम गमगढी बजार धाउने गरेकी छन् ।

‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु ।’

घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाइ खर्च जुटाउन नसक्ने भएपछि उनी आफैले उत्पादन गरेको हरियो सागशब्जी सदरमुकाममा लगेर बेचेर अध्ययनका लागि आर्थिक जोहो गर्छिन् ।

‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु ।’

उनका अनुसार एक डोकाबाट साग बेच्दा १०० देखि ५०० रुपैयाँसम्म कमाइ हुन्छ । सविताजस्तै आर्थिक अवस्था कमजोर भएका बालबालिका सदरमुकाममा साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन्

यो पनि
गरिबीले थलिएको मुसहर बस्तीमा शीतलहरको पीडा
यसकारण उपल्लो डोल्पाका सर्वसाधारणले पाएनन् कोभिड –१९ विरुद्धको खोप



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested