English

खेलकुद गतिविधि धमाधम स्थगित



ताप्लेजुङ । ताप्लेजुङमा कोभिड संक्रमित शून्य भएसँगै खेलकुद गतिविधिहरू हुन थालेको थियो। तर,विस्तारै नेपालमा तेस्रो लहरको कोभिड संक्रमण बढ्दै गएसँगै खेलकुदजन्य गतिविधिहरू धामधाम स्थगित हुन थालेको छ।

दुई वर्षसम्म ताप्लेजुङमा खेलकुदजन्य गतिविधि शून्य जस्तै रह्यो। लामो समयसम्म निरन्तर सञ्चालन हुँदै आएका खेलकुदहरू समेत सञ्चालन हुन सकेको छैन। प्रत्येक वर्षको लाखेजात्राको अवरसमा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र अन्तर्राष्ट्रिय फुटबल खेल कञ्चनजंघा च्यालेन्स कप दुई वर्षदेखि सञ्चालन हुन सकेको छैन।

कोरोना भाइरसका कारणले मोफसलमा खेलकुद क्षेत्र तंग्रिन पाएको छैन। जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिता आठराई त्रिवेणी गाउँपालिकाले आयोजना गर्न लागेको अध्यक्ष कप भलिबल प्रतियोगिता गत शुक्रबार स्थगित गरेको छ। फुङ्लिङ नगरपालिकाले दुई वर्ष अगाडिदेखि सञ्चालन गर्दै आएको मेयर कप यस वर्ष आयोजनाको मिति तोक्न तयारी गदैगर्दा कोभिड बढ्दै गएसँगै स्थगित गरिएको फुङ्लिङ नगरपालिकाले जनाएको छ।

पाथीभरा याङवरक गाउँपालिकामा आयोजना हुन लागेको विभिन्न खेलकुद प्रतियोगिता गत साता स्थगित भएको छ। कोभिड-१९को संक्रमण कम हुँदा जिल्लामा महिनामा १२ देखि १६ वटासम्म खेलकुद प्रतियोगिताहरू भएको जिल्ला खेलकुद कार्यालय ताप्लेजुङका सचिव योग्यनिधि पौडेलले बताए।

विभिन्न संघसंस्था तथा क्लबहरूले सञ्चालन गरेको खेलकुद गतिविधिले जिल्लाको खेलकुद क्षेत्र तंग्रिँदै जान थालेका बेला फेरि कोभिड संक्रमण बढेसँगै खेलकुद क्षेत्र थलिएको उनले बताए।

लामो समय जिल्लामा खेलकुदजन्य गतिविधिहरू ठप्प हुँदा मोफसलमा रहेका खेलाडीहरू पलायन हुने, खेलाडीहरूको क्षमता विकास नहुनुका साथै निरासपनसमेत बढेको पौडेलले बताए। पछिल्लो समयमा जिल्लामा खेलकुद क्षेत्रलाई उठाउनका लागि कोभिड संक्रमित शून्य भएसँगै स्थानीय सरकारले खेलकुद प्रतियोगितासमेत सञ्चलन गर्दै आएको छ।

गत २६ मंसिरमा मैंवाखोला गाउँपालिकाले प्रथम अध्यक्ष भलिबल प्रतियोगिता खेल सम्मपन गरेको छ। प्रतियोगितामा विजेतालाईलाई तीन लाख रुपैयाँ नगत र १६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप मेडल र प्रमाणपत्र उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए।

यस्तै उपविजेताका लागि नगद एक लाख ५० हजारसहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको थियो। सेमिफाइनलमा पुग्ने दुई टोलीलाई सान्त्वना स्वरुप ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान उपलब्ध गराएको थियो।

प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कारको पनि व्यवस्था गरिएको थियो । त्यस्तै वेष्ट प्लेयर अफ द टुर्नामेण्ट बन्नेलाई नगद १० हजार, वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरका लागि पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रको प्रदान गरिएको थियो ।

मैवाखोला गाउँपालिकाले आयोजना गरेका प्रतियोगितामा धेरै खेलाडी प्रत्साहन मिलेका मैवाखोला गाउँपालिकाले जनाएको छ। गत ११ पुसमा सिरिजंघा गाउँपालिकाले पनि तीन लाख ३३ हजार ३३३ रुपैयाँ राशिको सिरिजंघा अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरेको थियो। प्रथम हुनेलाई सिरिजंगा लिपि अंकित २६१ तोला चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो।

उपविजेताले नगद एक लाख ५१ हजार १५१ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा सान्त्वना हुने दुई पालिकाका खेलाडीहरूलाई ५५ हजार ५५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराएको थियो।

विभिन्न कलब, संघसंस्था तथा स्थानीय तहहरूले गरेको प्रतियोगिताले विस्तारै खेलकुद क्षेत्र गति लिदै गएको खेलकुद क्षेत्र अहिले खेलकुद गतिविधि ठप्प भएको भलिबल प्रादेशिक रेफ्री लक्ष्मी अन्छोङबोले बताए ।

खेलकुद गतिशील भएकाले लामो समय खेलकुद गतिविधि नसक्दा अपेक्षाअनुसार खेलकुद क्षेत्रमा विकास हुन नसक्ने अन्छोङबोले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का