English

बृहस्पतिजस्तै अर्को ग्रहको तौल सूर्यबराबर



नासाका एक वैज्ञानिकले बृहस्पति जस्तो अर्को ग्रह पत्ता लगाएका थिए । जुन एक्सोप्लानेटको पिण्ड सूर्यको बराबर छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले यसको नाम ‘टीओएल२१८०बी’ हो । जुन पृथ्वीबाट करिब ३७९ प्रकाश वर्ष टाढा रहेको बताएको छ । यस ग्रहको तापमान लगभग १७० डिग्री छ । यसको पृथ्वीमा तापक्रम र अन्य सौर्यमण्डलका अन्य ग्रहहरूभन्दा बढी छ ।

यी हुन् आविष्कारक

नासाका अनुसार ‘टम ज्याकब्स’ नामका वैज्ञानिकले यो ग्रह पत्ता लगाएका हुन् । उनी अमेरिकी नौसेनाका पूर्वअधिकारी हुन् । टम ज्याकब्स नासाको सिटिजन साइन्टिस्ट प्रोजेक्टसँग सम्बन्धित छन् । यस परियोजनामार्फत नासाले अनुसन्धानकर्ताहरूलाई मद्दत गर्न खगोल विज्ञान र भौतिक विज्ञानमा रुचि राख्ने मानिसहरूलाई संलग्न गराउँछ । यस एक्सोप्लानेटको बारेमा नासाले थप जनकारी दिएको छ । वैज्ञानिक टम ज्याकब्सले नँया खोजका लागी विभिन्न टेलिस्कोप बाट प्राप्त डाटा स्क्यान गरेको नाशाले जनाएको छ ।

यसरी पत्ता लाग्यो ग्रह

विभिन्न ग्रहहरूको खोजी गर्न सिर्जना गरिएका ग्रह कम्प्युटर एल्गोरिदममार्फत पत्ता लगाइएको हो । यो शौकिया वैज्ञानिकले नयाँ एक्सोप्लानेट्स पत्ता लगाउन यही प्रविधिको प्रयोग गरेका थिए । टम ज्याकब्स ‘भिजुअल सर्भे गु्रप’ टोलीमा काम गर्छन् । यो समूहले टेलिस्कोप डाटालाई नांगो आँखाबाटै हेरेर पत्ता लगाउने कोशिस गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested