English

रिस थाम्न नसक्ने सेलिब्रेटीहरू



बलिउड सेलिब्रेटीहरूलाई प्रायः फ्यानले घेरिएका हुन्छन् । जहाँ गए पनि उनीहरूको अगाडी पछाडि फ्यानहरूको लाइन लाग्छ । कतिपय अवस्थामा फ्यानको अनौठो व्यवहारले गर्दा सेलिब्रेटीहरूले आफ्नो रिसलाई नियन्त्रण गर्न नसकेर हातपातमै उत्रिएका घटनाहरू प्रशस्त रहेको छ । 

गोविन्दा 

उत्कृष्ट अभिनयले दर्शकलाई हँसाउन माहिर छन् अभिनेता गोविन्दा । सन् २००८ मा फिल्म ‘मनि है तो हनी है’ को सुटिङको क्रममा उनलाई हेर्नेहरूको ठुलो भीड जम्मा भएको थियो । यसै क्रममा एक जना फ्यान अभिनेता गोविन्दालाई नाना थरी प्रश्न गरेर उनीमाथि हाबी हुन थाले । त्यस बेला उनले आफूलाई नियन्त्रण गर्न सकेनन् । र, फ्यानलाई एक झापड हाने । रिसाएका फ्यानले उनी विरुद्ध मुद्दा हाले । एक झापडको मोल गोविन्दालाई निकै महँगो साबित भयो । उनले ती फ्यानलाई ५ लाख क्षतिपूर्ति तिर्नुपर्याे । 

जोन अब्राहम 

अभिनेता जोन अब्राहमको पहिलो फिल्मी करिअरबाटै धेरै महिला फ्यान भएका थिए । एक पटक धेरै भीड गरेको कारण उनले एक फ्यानलाई धक्का दिनु पर्‍याे । एउटा इभेन्टको क्रममा एक महिला फ्यान जोनलाई देखेर यति उत्साहित भइन् कि उनले जोनको हातमा अनायास टोकिन् । फ्यानको त्यस्तो दुर्व्यवहार देखेर अब्राहमले फ्यानलाई धक्का दिए । 

अक्षयकुमारले रिसको झोकमा एक फ्यानलाई सेटमै झापड हानेका थिए । सुटिङमा अक्षयकुमारले अनुरोध गर्दा पनि त्यो व्यक्तिले फोटो खिच्न छाडेन । यो कुराले उनले आफ्नो रिस नियन्त्रण गर्न सकेनन् ।

प्रियङ्का चोपडा 

बलिउड अभिनेत्री प्रिंयका चोपडाले एउटा अन्तर्वार्तामा बताएकी थिइन्, एक जना फ्यानले एउटा इभेन्टमा उनलाई दुर्व्यवहार गर्ने कोसिस गरेका थिए । त्यस वेला रिसको आवेगमा आफूलाई नियन्त्रण गर्न नसकी उनले फ्यानलाई एक झापड हानेकी थिइन् । 

मिका सिंह 

बलिउडका लोकप्रिय गायक मिका सिंहले एक कन्सर्टमा एक जना डाक्टरलाई एक झापड हानेका थिए । अचानक उनको यो हर्कत देखेर कार्यक्रममा उपस्थित सबै छक्क परे । तर पछि उनले एक अन्तर्वार्तामा सफाइ दिँदै भने, ‘त्यो डाक्टरले लगातार केटीहरूसँग नराम्रो व्यवहार गरिरहेको थियो ।’ 

अक्षयकुमार 

बलिउडका खेलाडी भनेर चिनिने अभिनेता अक्षयकुमारले रिसको झोकमा एक फ्यानलाई सेटमै झापड हानेका थिए । सुटिङमा आएको एक व्यक्ति गार्डले भनेको कुरालाई वास्तै नगरी लगातार फोटो खिचिरहेको थियो । अक्षयकुमारले अनुरोध गर्दा पनि त्यो व्यक्तिले फोटो खिच्न छाडेन । यो कुराले उनले आफ्नो रिस नियन्त्रण गर्न सकेनन् । र, फ्यानलाई एक झापड लगाए ।

जेनेलिया डिसुजा 

फिल्ममा हँसिलो र रमाइलो मुडमा देखिने जेनेलिया डिसुजाले पनि आफ्नो एक फ्यानको नराम्रो व्यवहारले दिक्क भएर हात उठाइसकेकी छिन् । उनी विजयवाडामा एउटा शोरुमको उद्घाटनमा पुगेकी थिइन् । त्यहाँ एक फ्यानले उनीउपर नराम्रो व्यवहार गरे । फ्यानको यस्तो हर्कतले उनलाई रिस उठ्यो र आफूलाई नियन्त्रण गर्न सकिनन् । 



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested