English

नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



नेपालमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८ सय २८ नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

देशभरका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४ हजार ४ जना, भक्तपुर ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना थपिएका हुन् ।

नेपालका सक्रिय संक्रमितमध्ये ३७ हजार ८ सय २६ जना होम आइसोलेसनमा र १ हजार २ सय १८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । साथै, १ सय ५१ जना संक्रमित आइसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested