English

अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तिमा २६ जनाको मृत्यु




अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौं घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ । क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।

भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो ।
यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
झण्डै १० करोड मानिसमा कोभिडको दीर्धकालीन लक्षण : अध्ययन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested