English

झण्डै १० करोड मानिसमा कोभिडको दीर्धकालीन लक्षण : अध्ययन



कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययनअनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् । अर्थात् विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ ।

अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्धकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।

‘कोभिडबाट संकमित विश्वका कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्धकालिन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् । कोभिडपछिको दीर्धकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् ।

कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्धकालिन समस्या देखिएको छ । कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्धकालीन कोभिड मानिन्छ । कम्जोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्धकालीन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ ।

यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।
यो पनि
एकै दिन थपिए ६,७३४ कोरोना संक्रमित
आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested