English

एसएलसी दिएर रूस गएँ, डाक्टर बनेर फर्किएँ



डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ

पर्वतको पिपलटारीस्थित पुणेश्वर माध्यमिक विद्यालयबाट २०४९ मा एसएलसी दिएँ । पहिलो श्रेणीमा एसएलसी पास हुँदा खुसीको सीमा नै थिएg । पास भएको खबर पाउनेबित्तिकै रसियामा बस्ने डा. दिनेश आचार्य काकाले उतै पढ्न सल्लाह दिनुभयो । उहाँकै सहयोगले रसियन एम्बेसीको कल्चरल सिट कम्पिटिसनबाट २०५० मा रुस गएँ ।

सारातो युनिभर्सिटीमा कक्षा १२ अर्थात् आईएससी जसलाई मेडिकल भाषामा ‘प्रिपेटरी कोर्स’ भनिन्छ । त्यो दुई वर्षको कोर्स पढ्न भर्ना भएँ । यो कोर्स गर्दै एक वर्ष रसियन भाषा नै सिक्न लाग्यो । देश फरक भएकाले खानपिन, कल्चर फरक थियो । त्यताको रहनसहनमा भिज्न एक वर्ष नै लाग्यो ।

घरमा मसालेदर खाना खाएको त्यहाँ उमालेको खाना खाँदा हप्ता दिन जसो समस्या पर्याे । भात खाएको बानी पाउरोटीले पेट के भरिन्थ्यो र ! त्यही बेला सोभियत संघ टुक्रिएको थियो । मासु र पाउरोटी जति पनि पाइने तर चामल पाइँदैन थियो । कतै मार्केटमा चामल पाएमा बोराका बोरा किनेर राख्थ्यौँ । कहिलेकहीँ पाउरोटी मात्र पनि खाइयो ।

शुरुका दिनमा घरको सम्झना धेरै नै आउँथ्यो, तर पछिपछि बानी पर्दै गयो । साथीहरू पनि बन्दै गए, पढाइमा फोकस भइयो । अफ्रिका, पाकिस्तालगायतका साथीहरू थिए, अहिले पनि सम्पर्कमै छन् ।

नेपालमा साना घर, साँघुरो बाटो देखेको रुस जाँदा ठूला भवन, फराकिलो बाटो, रेल देख्दा मख्ख परेको थिएँ । नोभेम्बरमा रुस गएकाले हिउँ परेको पहिलोपटक देख्ने मौका पाएँ । त्यसको सम्झना अहिलेसम्म छ ।

होस्टेलकै बसाइ थियो । पढाइकै लागि देश छोडेर गइएकाले घुमघाम कमै हुन्थ्यो । कलेजमा इमानदार विद्यार्थीमा पर्थें । कलेज नै बंक गरेर घुमिनँ । कलेजको छुट्टी हुँदा कहिलेकाहीँ नजिकैको भोल्गा रिभर घुम्न गइन्थ्यो । यहाँको भजनकीर्तन जस्तै उता डिस्को हुने । शुक्रबार र शनिबार साथीभाइसँग डिस्को गइन्थ्यो । दुई महिना गर्मीको छुट्टी हुँदा काम गर्थें । त्यहीँबाट पकेट खर्च निकाल्थेँ ।

सारातो युनिभर्सिटीमा नै पाँच वर्षको एमबीबीएसको पढाइ पूरा गरेँ । २ वर्ष प्लस र ६ वर्ष एमबीबीएस गरी ८ वर्ष रुसमै बसँे । त्यहाँ बस्दा लाहुरे नै भएँ । ८ वर्षको बसाइमा एकपटक मात्र नेपाल आएँ । आउन–जान टिकेट खर्च धेरै हुने भएकाले आउन सम्भव थिएन । मेरो ब्याचमा ४०–५० जना थिए । जसमध्ये ८ जना नेपाली थिए । एमबीबीएस सकिएपछि नेपाल आएर यहाँ तीन वर्ष काम गरेँ ।

मिनिमल्ली इन्भेसिव कार्डियक सर्जरीका लागि स्विट्जरल्यान्ड, अस्ट्रिया र युके पुगेँ । अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा पनि हर्ट सर्जरीको तालिम लिएँ । इटालीको पाडोवा युनिभर्सिटीबाट कार्डियो भास्कुलरबाट पीएचडी गरँे । हाल नेपालमा ९ वर्ष यही क्षेत्रमा कार्यरत छु । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रन्सपल्ट सेन्टर, ग्रिन सिटी हस्पिटल र नेपाल कार्डियो डाइबेटिज एण्ड थाइरोइड सेन्टरमा आबद्ध छु ।
यो यो पनि
यात्रा संस्मरण: आँखामा इजरायल–सम्झनामा साइप्रस
हास्यकलाकार सुबोध गौतम : ‘कलेज पढ्दा साइकल ब्वाई’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested