English

नेपालमा थप ३,०७५ जनामा कोरोना पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण दुई जनाको मृत्यु भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या २२ र आइसियुमा ८७ जना उपचाररत छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ जना संक्रमित छन् ।

सरकारले खोप कार्यक्रम विस्तार गर्न लागेको प्रवक्ता डा. मिश्राले बताइन् । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले जानकारी दिइन्। ‘पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउँछौं,’ डा. मिश्राले भनिन्, ‘पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested