English

नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित



नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४ सय २९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घन्टामा २ सय ५५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ पुगेको छ । जसमध्ये, ७ हजार २ सय ४५ जना होम आइसोलेसन र ६ सय १० जना संस्थागत आइसोलेसनमा छन् । जसमा ६७ जनाको आईसियु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा ११ हजार ६ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सरकारले पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानालाई तीव्रता दिइरहेको छ । हालसम्म १ करोड ५१ लाख ७२ हजार ५ सय २७ जनाले एकमात्रा खोप लगाइसकेका छन् भने १ करोड १२ लाख ३२ हजार ६ सय ८३ जनालाई पूर्ण खोप दिइएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested