English

मेस्सी कोरोनामुक्त



स्टार खेलाडी लियोनल मेस्सीको कोभिड-१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ ।

क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४-० को सहज जित निकालेको थियो ।

गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
मेसीलाई कोरोना संक्रमण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

Latest










Popular
Suggested