English

डमीका टाउको धमाधम गिँड्दै तालिवान



अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका डमीको धमाधम टाउका काट्न थालेको छ । डमीले मुस्लिम मूल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको छ ।

डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरूलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ ।

मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् ।

डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन् । मन्त्रालयका प्रमुख शेख अजिज उ रहमानले डमी हटाउनभन्दा टाउको काट्नु उपर्युक्त हुने बताएका छन् ।

सरकारको निर्देशनपछि कतिपय व्यापारीले भने डमीलाई कपडाले ढाक्न थालेका छन् । एउटा डमीको मूल्य ७० देखि १०० डलरसम्म पर्ने र त्यसको टाउको काट्दा आफूहरूलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन् ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested