English

डमीका टाउको धमाधम गिँड्दै तालिवान



अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका डमीको धमाधम टाउका काट्न थालेको छ । डमीले मुस्लिम मूल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको छ ।

डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरूलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ ।

मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् ।

डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन् । मन्त्रालयका प्रमुख शेख अजिज उ रहमानले डमी हटाउनभन्दा टाउको काट्नु उपर्युक्त हुने बताएका छन् ।

सरकारको निर्देशनपछि कतिपय व्यापारीले भने डमीलाई कपडाले ढाक्न थालेका छन् । एउटा डमीको मूल्य ७० देखि १०० डलरसम्म पर्ने र त्यसको टाउको काट्दा आफूहरूलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन् ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested