English

गुरुङ समुदायमा ‘तमु ल्होसार’, पश्चिम नेपालमा ‘पुसे १५’



गुरुङ समुदायले आज बिहीबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।

जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् ।

१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ । यसपछिका रात घट्दै जाने गर्छ ।

तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र देशभरका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

पश्चिम नेपालमा पुसे १५

वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा पुसे १५का रुपमा मनाइन्छ । यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ । यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ ।

१५ पुसको रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।

१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।

पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested