English

नेपालले जित्याे एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि, पुरूष टिम पदकविहीन




नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको हो।

बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो।

नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५, र अन्तिम सेटमा १५-११ स्कोर बनाउँदै जित हात पारेको हो।

राउण्ड रोबिनको लिग खेलमा नेपालले यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो भने उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो

पुरूष टिम पदकविहीन

मंगलबार ढाकामा भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पराजित भयो।

नेपाललाई उज्वेकिस्तानले ३-० को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१७ ले हार्‍यो। तेस्रो सेटमा पनि २५-२२ ले पराजित भएपछि नेपाल पदकविहीन बन्न पुग्यो।

यसअघि नेपालले समूह चरणमा दुई खेलमा विजयी हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा पक्का गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested