English

राइज मिडिया नेटवर्कको महाप्रबन्धकमा धिरेन्द्र पन्त



राइज मिडिया नेटवर्कको महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) मा धिरेन्द्र पन्त नियुक्त भएका छन् । पन्तलाई आइतबार नेटवर्कका कार्यकारी निर्देशक-प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल श्रेष्ठ, प्रधानसम्पादक सन्तोष आचार्य, निर्देशक सुनीता दुलाल, बोर्ड सदस्यद्वय खड्ग परियार, फुर्वा तेन्जिङ शेर्पा लगायतले स्वागत गरेका हुन् ।

पन्त २३ वर्षयता बैंकिङ र रेमिट्यान्स क्षेत्रमा सक्रिय थिए । उनीसँग एनसिसि बैंक, हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्राण्ड बैंक (हालको प्रभु बैंक), बुम रेमिट लगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ । विगत तीन वर्षयता पन्त रेमिट्यान्स परामर्शदाताको रूपमा पनि काम गर्दै आएका थिए । पन्तले फाइनान्स, मार्केटिङ र मानव संशाधनमा डबल स्नातकोत्तर गरेका छन् ।

पन्तलाई स्वागत गर्दै कम्पनीका सिईओ श्रेष्ठले नेटवर्कलाई बजारीकरण र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘उहाँको २३ वर्ष लामो बैंकिङ क्षेत्रको अनुभव हाम्रा लागि कोसेढुंगा बन्नेछ,’ श्रेष्ठले भने ।

यसैगरी, नेटवर्कद्वारा सञ्चालित मेरोलाइफस्टाइलका प्रधानसम्पादक आचार्यले धिरेन्द्रको आगमनले कम्पनीको वृद्धि विकासमा सघाउ पुग्ने बताए। त्यस्तै, निर्देशक दुलालले पन्तलाई स्वागत गर्दै ‘उहाँको अनुभवको लाभ नेटवर्कले लिने,’ विश्वास व्यक्त गरिन् ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested