English

नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वार



कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश स्वारको अध्यक्षतामा नेप्लिज मार्केटिङ एसोसिएसन(एनएमए) गठन भएको छ । बिहिबार सोल्टी होटलमा आयोजित कार्यक्रममा एनएमएमा स्वारसहित नौ जनाको कार्यसमिति चयन गरिएको हो ।

महेश स्वार,अध्यक्ष

कार्यसमितिको महासचिवमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. गोपाल थापालाई गरिएको छ । यसैगरी, अन्य पदाधिकारीहरुमा सचिवमा सुशिल अवाले, कोषाध्यक्षमा पुनम सिंह रहेका छन् । त्यस्तै, सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्येन्द्र उप्रेती र सुरेन्द्र थापा रहेका छन् ।

डा. गोपाल थापा, महासचिव

एनएमएले चार्टर मार्केटर प्रा.डा. तुलसी धरेललाई संघको मानार्थ संस्थापक सदस्यको दर्जा प्रदान गरेको छ । डा. धरेल क्यानेडियन मार्केटिङ एसोसिएसनका ब्रान्ड काउन्सिलका अध्यक्ष, सेन्टेनिअल कलेजका गभर्नर र क्यानडामा शीर्ष २५ आप्रवासी अवार्ड विजेता पनि हुन् ।

सुशिल अवाले, सचिव

एनएमएमा मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरू सम्मिलित ६५ जना संस्थापक सदस्य रहेका छन् । यसलाई गैर–नाफामूलक संस्थाको रुपमा दर्ता गरिएको छ ।

कार्यक्रममा प्रा.डा. धरेलले संस्थापक सदस्यहरुलाई सपथ ग्रहणका साथै कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

पुनम सिंह, कोषाध्यक्ष
अभय गोर्खाली,बोर्ड सदस्य
सुमन शाक्य, बोर्ड सदस्य
सिर्जना जोशी महर्जन, बोर्ड सदस्य
सत्येन्द्र उप्रेती, बोर्ड सदस्य
सुरेन्द्र थापा, बोर्ड सदस्य

तस्बिरहरु: किरण लामा/मेरोलाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested