English

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग



नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो ।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

‘नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौ । साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,’ तीन पानाको लामो विज्ञप्तिमा भनिएको छ ।

कारबाही माग गर्ने ६ सदस्यः
ऋषिराम गौतम, केन्द्रीय सदस्य
अमितवीर पाण्डे, केन्द्रीय सदस्य
करन महतारा, केन्द्रीय सदस्य
मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य
सञ्जयराज सिंह, केन्द्रीय सदस्य
छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)

यो पनि…
ढोरपाटनमा साहसिक खेल ‘स्कि’को सम्भावना उच्च



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested