English

कोरोना संत्रास बढेपछि जमघट नगर्न सरकारको अनुरोध



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकहरूमा कोरोनाको त्रास बढ्दै गएकाले नेपालमा पनि भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै केही हप्तायता छिमेकी देशहरूमा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा बढिरहेको र नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्था रहेकाले भिडभाड नगर्न/नगराउन आग्रह गरेको हो ।

यति बेला भारत र चीनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसैले नेपालमा समेत सङ्क्रमण दर बढ्न सक्ने अवस्थालाई देखेर देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय नगर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यसै गरी, सबैले सामाजिक दुरी, मास्कको प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested