English

तुलसी धरेल जो नेपाललाई विश्वसामू चिनाउन चाहन्छन् (भिडियो पनि)



चितवनको भण्डारातिर स्कुले जीवन बिताउँदा उनलाई बुद्घ दर्शनले चुम्बकीय शैलीमा आकर्षित गर्थ्यो । शान्ती, आध्यात्म, मानवीय सुखको खोजी आदि इत्यादी यी भारी शब्दहरु उनको शब्दकोषमै थिए ।

त्यसो भए के तुलसी धरेल बुद्ध बने ? यसको जवाफ हामी यो ब्यक्तिचित्रको अन्त्यमा खोज्नेछौँ ।

नेपालको मार्केटिङ शैलीलाई तिखार्दै यसलाई अन्तराष्ट्रिय मापदण्डमा पुर्याउने धरेल सरको जुनून हो । अब त यस्तो लाग्छ, उनको जीवनमा मार्केटिङ फेबिकोल झैं चप्किएको छ । यसैको कडी हो, नेप्लिज मार्केटिङ एसोसियसनको गठन ।

क्यानडाको कलेजमा मार्केटिङ अर्थात बजारशास्त्र पढाइरहेका छन्, धरेल सर । यही बिषयमा उनले नेपालका कलेजहरुमा पनि थुप्रै विद्यार्थीलाई ज्ञान दिए । तीन दशकदेखि विद्यार्थीलाई मार्केटिङमा माझ्दै आएका उनले मार्केटिङ पढे, मार्केटिङ नै पढाए । यही कर्मले उनको नाम अगाडि प्राध्यापक र डाक्टर जोडिएर आयो । यो सानो दुःखले अर्जेको सुख थिएन ।

उनले मार्केटिङमै विद्यावारिधि गरिरहँदा उनकी श्रीमतीले क्यानडामा पढ्नको लागि छात्रवृत्ति पाइन् । पढाइकै सिलसिलामा उनी पनि श्रीमतीको साथमा क्यानडा पुगे । क्यानडा पुगेर त्यहाँको कलेजमा मार्केटिङ नै अध्यापन गराउने अवसर पाए । उनी अहिले क्यानडाका चार्टर मार्केटर पनि हुन् । क्यानडाको मार्केटिङ एसोसिएसनसँग आबद्ध रहेका धरेलले त्यहाँबाट धेरै कुरा सिक्ने मौका पाए । कसरी मार्केटिङको मन्थन हुन्छ, के कुराले मार्केटिङलाई समर्थन पुग्छ र मार्केटिङमा कसरी नयाँ प्रविधिको प्रयोग हुन्छ भन्ने लगायतका कुरा उनले क्यानडाबाटै सिके ।

यहि विषय पढेको, लामो समयसम्म पढाएको र क्यानडामा यही विषय सम्बन्धि धेरै ज्ञान हासिल गरेका उनलाई नेपाली मार्केटिङ शैलीलाई केही निखार्ने सोच आयो । यो फगत सोचमात्र थिएन, सपना पनि थियो । उनकै पहलमा भर्खरै नेपालमा नेप्लिज मार्केटिङ एसोसियसनको स्थापना भयो । ‘मार्केटिङ भन्दैमा ठग्ने, झुक्याउने काम भनेर धेरैले बुझ्छन्, तर त्यस्तो हैन,’ धरेल मार्केटिङलाई अर्थ्याउँदै थिए, ‘मार्केटिङको परिभाषा सहि सेवा दिने तथा सहि कुरा बताउने हो, जसले झुटमुटको कुरा गर्छ त्यो मार्केटिङ होइन ।’

यो पनि पढ्नुहोस् :

नेपालको मार्केटिङ शैलीलाई तिखार्दै यसलाई अन्तराष्ट्रिय मापदण्डमा पुर्याउने धरेल सरको जुनून हो । अब त यस्तो लाग्छ, उनको जीवनमा मार्केटिङ फेबिकोल झैं चप्किएको छ । यसैको कडी हो, नेप्लिज मार्केटिङ एसोसियसनको गठन ।

‘नेपालमा अभ्यासरत मार्केटिङ शैली परम्परागत छ, यसैले मार्केटिङमा नेपाल अन्य देशको तुलनामा निकै पछाडी छ,’ एसोसियसन गठनको औचित्य बताउने क्रममा धरेल भन्दै थिए, ‘विश्व बजारमा हामीले मार्केटिङ गर्न सकेकै छैनौं । लुम्बिनीमा गौतम बुद्ध जन्मिएका हुन् । तर, भियतनाम, थाइल्यान्ड, बर्मा, जापान र कोरियामा लुम्बिनी र बुद्धको जति चर्चा हुन्छ त्यति नेपालमा भएकै छैन ।’

उनको सार हो, हाम्रो पहिचानलाई हामी आफैंले कहिले मार्केटिङ गर्ने ? कसरी मार्केटिङ गर्ने ? भन्ने कुरा सिक्न जरुरी छ । नेपालको उच्च शिक्षा र व्यावसायिक क्षेत्रबीच समन्वय कायम गरी उच्च शिक्षाको विकास गर्ने, व्यावसायिक क्षेत्रको बजारीकरण सम्बन्धि आवश्यकता परिपूर्ति गर्ने, नेपाली बजारशास्त्रीहरुको विश्वसनियता अभिबृद्धि गर्ने उनको सपना छ । त्यसैले त उनको पहलकदमीमा जन्मियो, यो मार्केटिङ एसोसियसन । अनि उनले भने– मेरो सपना पुरा भएको दिन ।

मार्केटिङको लागि छबि राम्रो हुनुपर्छ जुन नेपालसँग छ । यसैले हामीसँग भएका कुराहरुलाई प्रवर्धन गरेर मार्केटिङ गर्नुपर्ने बताउँछन्, मार्केटिङ गुरु धरेल । ‘विज्ञापन मात्र हैन मार्केटिङको अन्य अवधारणालाई आत्मसात गर्दै नेपालको मार्केटिङलाई माथि उठाउने काम नेप्लिज मार्केटिङ एसोसियसनले गर्ने अवधारणा हो,’ धरेलले एसोसियसन गठनको कारण बताउँदै थिए ।

‘बोल्नेको पिठो बिक्छ तर, नबोल्नेको चामल पनि बिक्दैन’ भनेझैँ हाम्रो देशमा हिमाल छन्, लुम्बिनी छ, पोखरा छ, तर थाइल्यान्डको तुलनामा हामीकहाँ पर्यटक किन कम भित्रिन्छन् ? किनकी हाम्रो मार्केटिङ कला अझै राम्रो छैन । हामी पुरानै ढर्राबाट मार्केटिङ गरिरहेका छौ । धरेल भन्छन्, ‘नेपालीले मार्केटिङ नै गर्न नजानेको भने हैन, हामी सिक्दै गइरहेका छौ,’ धरेल भन्दै थिए, ‘तर हामी अन्य देशको तुलनामा अलि पछि छौँ ।’

नेपालका तथा अन्य देशका विश्व विद्यालयहरुले पनि मार्केटिङ पढाउँछन् । तर, पढेको कुरा अभ्यास पनि गर्नु पर्छ । कुनै पनि पाइलटले पढेर मात्र हुँदैन प्लेन उडाउनै पर्छ त्यस्तै मार्केटिङ पनि अभ्यास गर्नुपर्छ । अभ्यास गर्न पाउने वातावरण सिर्जना गर्नुपर्छ । त्यसकै निमित्त नेप्लिज मार्केटिङ एसोसियसन स्थापनाको तयारीमा छन, उनी ।

नेप्लिज मार्केटिङ एसोसियसनले मार्केटिङलाई कसरी अभ्यास गर्ने भन्ने कुरा सिकाउँछ । मार्केटिङलाई हरेक क्षेत्रसँग जोड्ने प्रयास गर्नेछ । उद्योग व्यवसायलाई त मार्केटिङ अत्यावश्यक हो नै अन्य धेरै क्षेत्रमा पनि मार्केटिङको महत्व हुने धरेल बताउँछन् । भन्छन्, ‘बजारले के खोजिरहेको छ, त्यही कुरालाई इमान्दारी र दक्षता पुर्वक बेच्नु नै मार्केटिङ हो ।’

मार्केटिङको लागि छबि राम्रो हुनुपर्छ जुन नेपालसँग छ । यसैले हामीसँग भएका कुराहरुलाई प्रवर्धन गरेर मार्केटिङ गर्नुपर्ने बताउँछन्, मार्केटिङ गुरु धरेल । ‘विज्ञापन मात्र हैन मार्केटिङको अन्य अवधारणालाई आत्मसात गर्दै नेपालको मार्केटिङलाई माथि उठाउने काम नेप्लिज मार्केटिङ एसोसियसनले गर्ने अवधारणा हो,’ धरेलले एसोसियसन गठनको कारण बताउँदै थिए ।

अब एकपटक माथिको प्रसङ्ग ।

जसरी बुद्धले संसारभर ध्यानको मार्केटिङ गरे, मार्केटिङका गुरु धरेललाई पनि नेपालसँग भएका भौतिक तथा आध्यात्मिक कुराहरु संसारका हरेक कुनामा पुर्याउन सकिन्छ भन्ने आत्मविश्वास छ ।

भन्न सकिन्छ, उनी बुद्धकै बाटोमा छन् ।

भिडियो हेर्नुहोस्…



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested