English

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी



नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्रीमा थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

महाधिवेशनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा महामन्त्रीका प्रत्यासी प्रकाशशरण महतले १ हजार ५ सय ५०, प्रदिप पौडेलले १ हजार ४ सय ९ मत प्राप्त गरेका छन् । यसैगरी, मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १ सय ७ मत ल्याएका छन् ।

थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् ।

विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् । यसअघि सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

यो पनि…
कांग्रेस महाधिवेशन: पानी हाल्ने ड्रम मतपेटिका बनाइदै (फोटो फिचर)
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested