English

 जनकपुरमा विवाह पञ्चमीको रौनक



यतिबेला दिनमा फुल माला र रातमा बत्तिले धपक्क बलेको छ जनकपुर धाम। जनकपुरको यो रौनकको रङ्ग त्रेता युगबाट आएको हो। अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीको विवाहको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ।

देशभरका सीता राम मन्दिरहरुमा विवाह पञ्चमीका अवसरमा राम र सीताको प्रतीकात्मक विवाह तथा पूजाआराधना गरिन्छ।

जनकपुरमा साप्ताहिक रुपमा चल्ने यो उत्सवको मुख्य आकर्षण भनेको मिथिलाको संस्कृतिअनुसार राम सीताको प्रतीकात्मक स्वयंवर र विवाह हो। यो विवाह महोत्सवमा बाजागाजा, झाँकीसहित राम सीताको प्रतिमालाई सिंहासन र डोलामा राखी जनकपुरको रङ्गभूमिमा लगिन्छ। स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि पुन सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ ।

विवाह पञ्चमी महोत्सवमा काठमाडौंबाट गुठी संस्थानको टोली, भारतको अयोध्याबाट सीता-रामका अनुयाईहरु तथा अन्य श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् ।  



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले