English

 जनकपुरमा विवाह पञ्चमीको रौनक



यतिबेला दिनमा फुल माला र रातमा बत्तिले धपक्क बलेको छ जनकपुर धाम। जनकपुरको यो रौनकको रङ्ग त्रेता युगबाट आएको हो। अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीको विवाहको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ।

देशभरका सीता राम मन्दिरहरुमा विवाह पञ्चमीका अवसरमा राम र सीताको प्रतीकात्मक विवाह तथा पूजाआराधना गरिन्छ।

जनकपुरमा साप्ताहिक रुपमा चल्ने यो उत्सवको मुख्य आकर्षण भनेको मिथिलाको संस्कृतिअनुसार राम सीताको प्रतीकात्मक स्वयंवर र विवाह हो। यो विवाह महोत्सवमा बाजागाजा, झाँकीसहित राम सीताको प्रतिमालाई सिंहासन र डोलामा राखी जनकपुरको रङ्गभूमिमा लगिन्छ। स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि पुन सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ ।

विवाह पञ्चमी महोत्सवमा काठमाडौंबाट गुठी संस्थानको टोली, भारतको अयोध्याबाट सीता-रामका अनुयाईहरु तथा अन्य श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् ।  



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested