आङ सान सुकीलाई ४ वर्ष जेल
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।
समाचार संस्था एएफपीका अनुसार सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी सरकार प्रवक्ताले दिएका छन्।
गैरकानुनी रूपमा वाकीटकी राखेको,भ्रष्टाचार गरेको लगायत धेरै आरोप सेनले उनीमाथि,लगाएको छ। अदालतले उनीमाथि लागेका सबै अभियोगमा उनलाई दोषी ठहर्याएको हो। नोवेल शान्ति पुरस्कार बिजेता सुकीले आजीवन काराबासको सजाय पाउने देखिन्छ।
म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। सार्वजनिक रूपमा नदेखिएकी उनि बन्द कोठाभित्र रहदै मुद्दाको सुनुवाइ भएको थियो।
तस्विर स्रोत: India.com
यो पनि….
वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ
पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि…








