English

प्रमोद र ज्योतीको ‘खै कसरी’ (भिडियो सहित)



गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरुङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।

यो पनि हेर्नुहोस्:

गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक

गीतको भिडियोमा मोडल नम्रता सापकोटा, बिकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यले निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

यो पनि:

‘जीवनकै पहिलो अवार्डले उर्जा थपेको छ’

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।
गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा लगायतका गीत बजारमा आइसकेका छन् ।

भिडियो हेर्नुहोस्:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र