English

महिनावारी हुँदा घरमै बस्ने जुम्लाका २ जोडी सम्मानित



पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ । महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई  ढाकाटोपी र पछ्याैरा ओढाएर सम्मान गरिएको हाे । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसलास्वरूप  सम्मान गरिएको हो । 

महिनावारी भएका बेला गाईको गोठमा बस्ने  परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप  गाउँ छुइगोठ मुक्त गरिएको छ ।

कर्णाली प्रदेशको जुम्लामा कूरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।

महिनावारी भएका बेला गाईको गोठमा बस्ने  परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप  गाउँ छुइगोठ मुक्त गरिएको छ । महिनावारी भएका बेला  गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested