English

७ अर्ब लगानीमा सिंहदरबारभित्र यस्तो बन्दैछ संसद भवन (फोटो फिचर)



सिंहदवारमा संघीय संसदकाे भवन निर्माण भइरेहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि याे भवन बनेकाे हाे । याे भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो ।

सिंहदरबारस्थित पुतली बगैंचामा १ सय ७३ रोपनी ८ आनामा निर्माणाधिन यस भवनका लागि सरकारले टुन्डी शेक जेभीसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

यो भवनको योजना तथा वास्तुकलाको जिम्मा गन्गर कन्सल्टेन्सीले पाएको थियो भने विस्तृत संरचनाको डिजाइन डिगीकोन इन्जिनियरिङ कन्सल्ट प्रा.लिले पाएको छ । यस संसद भवनभित्र ११ वटा भवन तथा पूर्वाधार निर्माण हुने विभागले जनाएको छ । साथै, प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested