English

जीवनमा ध्यान किन महत्त्वपूर्ण छ ?



ध्यानको अर्थ के हो ?

ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो । जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ, तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ ।

जब तपाईं आफूलाई शरीर ठान्नुहुन्छ, तब जीवनप्रति तपाईंको पूरै दृष्टिकोण जीविकोपार्जन गर्नेमा मात्रै केन्द्रित हुनेछ । जब तपाईं आफूलाई मन ठान्नुहुन्छ, तपाईंको सम्पूर्ण बुझाइ परिवार, धर्म र समाजको दृष्टिकोणको दास बन्दछ । तपाईं त्योभन्दा पर देख्न सक्नुहुन्न । तपाईं आफ्नो मनका विभिन्न रूपबाट स्वतन्त्र बनेपछि मात्र, तपाईंले भौतिकभन्दा परको आयामलाई जान्नुहुनेछ ।

आज पनि दक्षिण भारतमा केही यस्ता परिवारहरू छन्, जहाँ एउटै घरमा ४०० जनाभन्दा बढी सदस्यहरू सँगै बसोबास गर्छन्— आमा–बुबा, दाजु–भाउजू, काका–काकी, हजुरबुबा–हजुरआमा अनि अरू थुप्रै सदस्यहरू सहितको विशाल परिवार । परिवारमा एकजना व्यक्ति प्रमुख हुने गर्छन् अनि बाँकी सबैजनाको आ–आफ्नो भूमिका हुन्छ ।

यो शरीर अनि यो मन, तपाईंका होइनन् । यी दुवैलाई तपाईंले समयसँगै जम्मा गर्नुभएको हो । तपाईंको शरीर तपाईंले खानुभएको खानाको रास हो । तपाईंको मन तपाईंले बाहिरबाट जम्मा गर्नुभएको विभिन्न प्रभाव र छापहरूको डङ्गुर हो ।

तपाईंले जे जम्मा गर्नुभएको छ, त्यो तपाईंको सम्पत्ति हुन सक्छ । तपाईंसँग घर र बैँक ब्यालेन्स भए जस्तै तपाईंसँग शरीर र मन छ । राम्रो जीवन बाँच्नको लागि राम्रो बैँक ब्यालेन्स, राम्रो शरीर अनि राम्रो मन आवश्यक हुन्छन्, तर ती पर्याप्त हुँदैनन् । कुनै पनि मानिस यी कुराहरूबाट सन्तुष्ट रहन सक्दैन । यी कुराहरूले जीवनलाई केवल सहज र आरामदायक बनाउन सक्छन् ।

एउटा पिँढीको रूपमा हेर्ने हो भने, हामी अघिका पिँढीहरूले यस स्तरको आराम अनि सुख–सुविधाहरूको कल्पना समेत गर्न सक्दैनथे, जुन हामीसँग अहिले छ । तर दुर्भाग्यवश, हामी आफूलाई यस धरतीको सबैभन्दा आनन्दित र स्नेही पिँढी भनेर दाबी गर्न सक्दैनौँ ।


ध्यान-शरीर र मनबाट पर जाने वैज्ञानिक साधन


तपाईंको शरीर र मन जीवन निर्वाहको लागि ठीक छन्, तर तिनले तपाईंलाई पूर्णता दिन सक्दैनन् । तपाईं तृप्त बन्नुहुन्न, किनकि मनुष्य हुनुको गुण नै यही हो— जति छ, त्योभन्दा बढी चाहनु । यदि तपाईंलाई आफू को हो भन्ने नै थाहा छैन भने, के तपाईं यो संसार के हो भनेर जान्न सक्नुहोला र ? तपाईं जो हो, त्यसको मूल गुणलाई तबमात्र अनुभव गर्न सक्नुहुन्छ, जब तपाईं आफ्नो शरीर र मनका सीमाहरूबाट पर जानुहुन्छ । यसको निम्ति योग र ध्यान वैज्ञानिक साधनहरू हुन् ।

जबसम्म तपाईं शरीर र मनका सीमाहरूबाट पर जानुहुन्न, तपाईंको जीवन खाएर, सुतेर, बच्चा जन्माएर अनि एकदिन मरेर मात्रै पूर्ण हुन सक्दैन । यी सबैथोक तपाईंको जीवनमा आवश्यक हुन्छन्, तर यी सबैथोक भएपनि हाम्रो जीवन पूर्ण बन्न सक्दैन । यो किन हो भने, मनुष्यमा रहेको गुणले निश्चित स्तरको जागरूकता पार गरिसकेको छ । यसले अझै बढी पाउन चाहन्छ, अन्यथा यो कहिल्यै तृप्त बन्न सक्दैन । यो असीम बन्नुपर्ने हुन्छ— तपाईं वास्तवमा जो हो, त्यो असीमित आयाममा पुग्ने माध्यम नै ध्यान हो ।


के हामी कुनै यज्ञ वा अनुष्ठानको प्रयोग गरेर असीमित आयामसम्म पुग्न सक्दैनौँ ? के ध्यान नै एकमात्र तरिका हो ?


हामीले ध्यानको प्रक्रियालाई रोजेर अनुष्ठानको प्रक्रियालाई न्यून राखेका छौँ, किनकि ध्यान अलग्गै गरिने प्रक्रिया हो । आधुनिक समाज यस्तो हुनुको मूल कारण भनेको अलग्गै हुन खोज्नु हो । जति बढी मानिसहरू आधुनिक शिक्षामार्फत शिक्षित बनिरहेका छन्, त्यति बढी उनीहरू अलग–थलग भइरहेका छन् । मानिसहरूको अवस्था यस्तो हुँदै गएको छ कि दुईजना व्यक्तिहरू एउटै घरमा सँगै बस्न नसक्ने भएका छन् ।

हामीले त्यही मार्ग रोजेका छौँ, किनकि अहिलेको समाजमा समावेशी प्रक्रियाहरू सम्भव छैनन् । यदि तपाईंले कुनै अनुष्ठान गर्न चाहनुभयो भने, त्यसमा सबैजना यसरी सहभागी हुनुपर्छ कि मानौँ सबै एक हुन् । कुनै पनि अनुष्ठानमा सहभागी हुनको लागि सबैजनामा एकत्व (एक हुनु) को गहिरो भाव हुनुपर्छ ।

आज पनि दक्षिण भारतमा केही यस्ता परिवारहरू छन्, जहाँ एउटै घरमा ४०० जनाभन्दा बढी सदस्यहरू सँगै बसोबास गर्छन्— आमा–बुबा, दाजु–भाउजू, काका–काकी, हजुरबुबा–हजुरआमा अनि अरू थुप्रै सदस्यहरू सहितको विशाल परिवार । परिवारमा एकजना व्यक्ति प्रमुख हुने गर्छन् अनि बाँकी सबैजनाको आ–आफ्नो भूमिका हुन्छ । कम्तीमा पनि ७०–८० जना बच्चाहरू एउटै घरमा हुन्छन् । सम्भवत: बच्चाहरू निश्चित उमेरसम्म नपुगुन्जेल उनीहरूलाई आफ्ना आमाबुबा को हुन् भन्नेसमेत थाहा हुँदैन, किनकि घरमा लगभग ८–१० जना महिलाहरूले उनीहरूको राम्रो हेरचाह गरिरहेका हुन्छन् । १२–१३ वर्षको नहुँदासम्म बच्चाहरूले आफूलाई जन्म दिने आमाबुबालाई सायद राम्रोसँग चिन्न पनि सक्दैनन् । उनीहरूलाई थाहा भएपनि, आफ्नो मनमा त्यस प्रकारको विचार बनाउने नहुँदासम्म उनीहरू सही ढङ्गले घुलमिल हुन सक्दैनन् ।

तर, जसै आधुनिक शिक्षा चारैतिर फैलिएको छ, अधिकांश मानिसहरू एकसाथ रहन नसक्ने भएका छन् । यहाँसम्म कि दुईजना व्यक्तिहरू पनि सँगै रहन नसक्ने भएका छन् । यो स्थिति एकदमै छिटो फैलिरहेको छ । यस्तो हुनुको कारण के भने आधुनिक शिक्षा मूलत: अलग–अलग गरेर हेर्ने प्रक्रियासँग सम्बन्धित छ, जबकि सम्पूर्ण अस्तित्व सबैलाई समावेश गर्ने प्रक्रिया हो ।


ध्यान-अलग्ग हुनेबाट समावेश गर्नेतर्फ


प्रक्रियाको दृष्टिले हेर्दा ध्यान अलग्गै रहने जस्तो देखिन्छ, तर यसले विस्तारै समावेश गर्नेतर्फ डोहोऱ्याउँछ । तर, जब तपाईं शुरु गर्नुहुन्छ, तपाईं आफ्ना आँखा बन्द गरेर बस्नुहुन्छ । जो व्यक्तिहरू आध्यात्मिक मार्गको शुरुवाती चरणमा हुन्छन्, उनीहरू एकदमै एकान्तिक बन्छन् वा अलग्गै रहन्छन्— उनीहरू अरूसँग घुलमिल हुनै सक्दैनन् । मेरो विचारमा थुप्रै मानिसहरूमा यो डर हुने गर्दछ, “यदि मैले आध्यात्मिक मार्ग रोजेँ भने, म समाजमा घुलमिल हुन सक्दिनँ होला ।” यस्तो किन हुन्छ भने, यो मूलत: एकान्तिक हुन्छ ।

हामीले त्यही मार्ग रोजेका छौँ, किनकि अहिलेको समाजमा समावेशी प्रक्रियाहरू सम्भव छैनन् । यदि तपाईंले कुनै अनुष्ठान गर्न चाहनुभयो भने, त्यसमा सबैजना यसरी सहभागी हुनुपर्छ कि मानौँ सबै एक हुन् । कुनै पनि अनुष्ठानमा सहभागी हुनको लागि सबैजनामा एकत्व (एक हुनु) को गहिरो भाव हुनुपर्छ । अनुष्ठानको अर्को पक्ष के हो भने, त्यो प्रक्रियालाई जथाभावी दुरुपयोग नगरिने सुनिश्चित परिस्थिति नहुँदासम्म, साथै जो मानिसहरूले त्यो प्रक्रिया गरिरहेका छन्, उनीहरूले त्यसलाई आफ्नै जीवनभन्दा माथि नराख्दासम्म तपाईं अनुष्ठानहरू गर्न सक्नुहुन्न, किनकि यसलाई सजिलै दुरुपयोग गरिने सम्भावना हुन्छ । ध्यानको प्रक्रियालाई दुरुपयोग गर्न सकिँदैन, किनकि यो व्यक्तिपरक हुन्छ अनि अलग्गै गरिन्छ ।

यदि परिस्थिति यस्तो छ, जहाँ “तपाईंविरुद्ध म” चलिरहेको छ भने अनुष्ठान गर्न सकिँदैन । त्यस स्थितिमा अनुष्ठान भद्दा र खराब प्रकिया बन्दछ । जब पूर्ण रूपमा समावेश गर्ने वातावरण हुन्छ, अनुष्ठान उत्तम प्रक्रिया बन्दछ । तर, अहिले संसारमा त्यस्तो समावेशी वातावरण सृजना गर्नु असाध्यै कठिन छ, अनि केही समुदायहरूमा मात्रै कायम छ । बाँकी सबै अलग–थलग बनेका छन् । त्यो सन्दर्भमा, मानिसहरूको जीवनमा ध्यान निकै महत्त्वपूर्ण छ । (सदगुरुको ब्लगबाट)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested