English

विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु



आज ३१ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः 

७ अर्ब जनसंख्याको विश्व

सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या सात अर्ब पुगेको थियो । राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई सात अर्बको जनसंख्या भएको दिनको रुपमा स्मरण गर्छ । 

इजिप्टको विमान दुर्घटना

सन् १९९९ मा आजकै दिन इज्पिट एयरको फ्लाईट ९९० दुर्घटनामा परेको थियो । अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो । 

क्याथोलिक चर्चको पश्चताप

सन् १९९२ मा क्याथोलिक चर्चका तत्कालिन धर्म गुरु पोप जोन पल द्धितीयले क्याथोलिक चर्चले गल्ती गरेको भन्दै पश्चताप व्यक्त गरेका थिए । १७ औं शताब्दीमा ग्यालिलियो ग्यालिलीलाई चर्चले गरेको व्यवहार खेदजनक भएको जोन पलले स्वीकारेका थिए । 

इन्दिरा गान्धीको हत्या

सन् १९८४ का भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो । गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए । उनको हत्यापछि राजधानी नयाँ दिल्ल्ीलगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौं शिख मारिएका थिए  ।

एकीकृतअगाडिको दक्षिण यमन 

सन् १९७८ मा जनगणतन्त्र यमनले आफ्नो संविधान लागू गरेको थियो ।  सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भई अहिलेको यमन बनेको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested