English

मस्तिष्कघात (स्ट्रोक)बारे जनचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन



मस्तिष्कघातबारे जनचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन हुने भएको छ । नेपाल स्ट्रोक एशोसिएसन, नेशनल न्युरो सेन्टर, रिभाइभ फिजियोथेरापी एण्ड रिहाबिलिएसन सेन्टर र न्युरो एण्ड एलाइड क्लिनिक भैरहवाको संयुक्त आयोजनामा शनिबार उक्त सम्मेलन हुन लागेको हो ।

पछिल्लो समय नेपालमा मस्तिष्कघातका बिरामीको संख्या बढ्दै गएको छ । समयमै यसको पहिचान नहुँदा धेरैले अकालमा मृत्युवरणसमेत गरिरहेका छन् । त्यसैले आममानिसलाई स्ट्रोकबारे जानकारी दिएर यसलाई रोक्ने उद्धेश्यले यो सम्मेलनको आयोजना गर्न लागिएको महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरका न्युरोलोजिष्ट डा. सुमन भट्टराईले जानकारी दिए । ‘नेपालमा स्ट्रोकको बारेमा धेरैलाई राम्रो ज्ञान छैन,’ उनी भन्छन्, ‘मस्तिष्कघात भएको बिरामीलाई पनि सुरुमा मुटु अस्पताल लगिन्छ जसले गर्दा उसको उपचारमा ढिलो हुन्छ र बचाउन मुस्किल हुन्छ । समयमै यसको पहिचान भएमा उपचार सम्भव छ ।’

त्यसैले स्ट्रोक के हो ? यसको उपचार विधि के–के हुन् ? स्ट्रोक भइसकेपछि दोहोरिनबाट कसरी बचाउन सकिन्छ ? र, फिजियोथेरापीले यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारे सम्मेलनमा छलफल हुने डा. भट्टराई बताउँछन् । सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिहरुले मस्तिष्कघातका बारेमा प्रस्तुति दिनेछन् । साथै, स्ट्रोक पीडित चित्रा गुरुङले आफ्नो अनुभव समेत सुनाउनेछिन् ।

हरेक वर्ष अक्टुबर २९ मा विश्व पक्षघात दिवस मनाइन्छ । त्यसैको छेको पारेर नेपालमा यो सम्मेलनको आयोजना गरिएको हो । नागपोखरीस्थित आरन्य बुटिक होटलमा हुने उक्त सम्मेलनमा स्नायु रोग विशेषज्ञसँगै मेडिकल अफिसर चिकित्सकहरुको सहभागिता रहनेछ ।



...
Gladys

psychologist

...
Lettie

psychologist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested